कारोबारको पहिलो घण्टा : ५.४९ अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम साढे १ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं-  साताको पहिलो दिन –आइतबार) नेपाल स्टक एक्सेन्च –नेप्से) परिसुचक कारोबारको पहिलो घण्टामा ५.४९ अंकले ओरालो लागेको छ ।

कारोबार सुरु भएको १ घण्टामा परिसुचक ०.२२ प्रतिशतले ओरालो लागेर २५२१.४३ को बिन्दुमा पुगेको छ ।
सोही अवधीभर कारोबारका १२ उपसमुहमध्ये ४ उपसमुह हरियोमा कायम छन् भने बाँकी ८ उपसमुह ओरालो लागेका छन् ।
 
१२ बजेसम्म कारोबारमा आएका १९० कम्पनीको २७ लाख ९० हजार २१३ कित्ता शेयर १५ हजार ७१२ पटक खरिद बिक्री हुदाँ १ अर्ब ६९ करोड २१ लाख बराबरको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया