निफ्राको दोस्रो बजारमा आजबाट शेयर कारोबार

५ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड निफ्राको शेयर आजबाट धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको छ । 

दोस्रो बजारमा कारोबार खुला गर्न बैंकले शुक्रबार एक सय रुपैयाँ अंकित दरका २० करोड कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको थियो । 

बैंकले जारी गरेको ८ करोड कित्ता साधारण शेयर सहित २० करोड कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले बैंकको शेयर कारोबारका लागि एनआइएफआरए निफ्रा कारोबार संकेत प्रदान गरेको छ । यससँगै बैंकको शेयर यहि कारोबार संकेतमा नेप्सेमा कारोबारमा आउनेछ । बैंकको शेयर यहि संकेतमा लगानीकर्ताको डिम्याट खातामा जम्मा भैसकेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया