बाबुराम र मलाई इतिहासको कर्मले अलग हुन दिँदैन : प्रचण्ड

४ बर्ष अगाडि

काठमाडौं - नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा। बाबुराम भट्टराई र आफू एक ठाउँमा भएको बताएका छन्। 

आफूहरू फरक–फरक पार्टीमा भए पनि मुद्दा र इतिहासका कर्मका हिसाबले एकै ठाउँमा भएको बताएका हुन्।

शनिबार पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। भट्टराईको पुस्तक ‘गुमनाम आमाहरूको कथा’ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो भनेका हुन् । 

उनले भने, ‘बाबुरामजी र म एउटै पार्टीमा छैनौँ तर मुद्दाका कारणले एउटै मोर्चामा छौँ’, उनले भने, ‘इतिहासका हाम्रा कर्मका कारणले हामी अलग हुन खोज्दा पनि फेरि चुम्बकले ताने जस्तो नजिक ल्याइनै राखेको छ, हामीलाई अलग हुन दिँदैन।’

४ बर्ष अगाडि

प्रतिक्रिया