युद्धकालका अर्बौं रकम कहाँ गए ? प्रचण्डले जवाफ दिनुपर्छ : उर्जामन्त्री

४ बर्ष अगाडि

काठमाडौं - उर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालका अर्बौँ रकमको हिसाबकिताब गर्ने समय आएको बताएका छन् ।

बुटवलमा पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा उनले ती लगायत युद्धकालका धेरै विषयको हिसाबकिताब बारे प्रचण्डले जवाफ दिनु पर्ने बताएका हुन् ।

उनले भने, ‘१९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा कहाँ गयो रु हामी अहिले वैचारिक र राजनीतिक संघर्षका क्रममा छौँ, तर सोध्नुपर्ने बेला आएको छ, १९ अर्ब कहाँ गयो यसको जवाफ प्रचण्डले दिनुपर्छ।’

उनले प्रचण्ड र माधव नेपालले आन्दोलनको नाममा सडकमा उटपट्याङ गरिरहेको टिप्पणी गरे

४ बर्ष अगाडि

प्रतिक्रिया