एक अर्ब पारिश्रमिक लिदै सलमान खान !

४ बर्ष अगाडि

बलिउड अभिनेता सलमान खान र कटरीना कैफको फिल्म ‘टाइगर ३’मा इमरान हाशमी जोडिने भएका छन् ।  निर्माण टिमले फिल्म ‘टाइगर ३’मा अनुबन्धित गराउन लागेको समाचार बाहिरिएको हो । 

भारतिय संचारमाध्यमका अनुसार  इमरानको टाइगर ३ मा भिलेनको भुमिका निर्भाह गर्ने छन्  ।

 फिल्मको छायांकन मार्चमा मुम्बईबाट सुरु हुने निर्माण पक्षले केहि साता अघि नै जानकारी दिइसकेको छ। फिल्ममा सलमान खान कटरीना कैफको मुख्य भुमिका रहेको छ।

‘टाइगर ३’ निर्माणका लागि निर्माता आदित्य चोपडाले २ अर्ब १५ करोड भारतीय रूपैयाँको बजेट राखेका छन् । फिल्मको प्रिन्ट र पब्लिसिटीका लागि २० देखि २५ करोड भारतीय रूपैयाँ छुट्याइएको छ । 

सलमानले फिल्म बाट एक अर्ब भारतीय रूपैयाँ पारिश्रमिक लिन लागेको भारतिय संचारमाध्यमको अनुमान रहेको छ  ।

४ बर्ष अगाडि

प्रतिक्रिया