लुम्बिनी केबलकार परियोजनाको शिलान्यास

५ बर्ष अगाडि

बुटवलदेखि पाल्पाको तिनाउ बसन्तपुर जोड्ने लुम्बिनी केबलकार परियोजनाको शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज केबलकारको स्टेशन रहने बुटवलको गोलपार्क बमघाटमा  परियोजनाको शिलान्यास गरेका हुन् ।


 केबलकारको यात्रा तीन किलोमिटर लामो हुनेछ । केबलकारबाट  पाल्पाको बसन्तपुर डाँडामा पुगिजे छ । 

बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुने परियाजना भएकाले प्रधानमन्त्री ओलीले आयोजना अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताए । 

कार्यक्रममा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुटवल–वसन्तपुर क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न स्वरुप आयोजना सुरु गरेको बताए  । 

सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले ढकाल सञ्‍चालक रहेको कम्पनी लुम्बिनी केबलकार प्राइभेट लिमिटेडलाई केबलकार परियोजनाको अनुमति दिएको थियो ।

२५ वर्षका लागि प्रयोग गर्न दिने र त्यहाँ रहेका कूलजम्मा १३३८ वटा पोल एवं रुखहरु हटाउन समेत स्वीकृति दिएको थियो।

५ बर्ष अगाडि

प्रतिक्रिया