ओली नेकपा पक्षका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ‘प्रचण्ड’ कुहिएको आरोप लगाएका छन् । बुटवलमा आयोजित पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले जनयुद्ध, जनयुद्धमा लड्ने जनमुक्ति सेनाको बलिदानको अपमान गर्ने नेतृत्व अर्थात ‘प्रचण्ड’ कुहिएको आरोप लगाएका हुन् ।
पूर्वजनमुक्ति सेनाका शिविरहरूमा भएका घोटालाको खोजी गर्न आग्रह गर्दै पोखरेलले भने ‘जति पैसा त्यसबेला घोटाला भएको थियो, त्यही बराबरको पैसा तपाईँहरूको कल्याणकारी कोषमा जम्मा गर्ने जिम्मा लिन म तयार छु’ उनले भने।
पोखरेलले इतिहासको लिगेसीका आधारमा जनमुक्ति सेनालाई बन्धक बनाउन खोजेको बताए ।
प्रतिक्रिया