एजेन्सी – चर्चित भारतीय सेयर लगानीकर्ता राकेश झुनझुनवालाले गएको ९ दिनमै शेयर बजारबाट भारु ६६३ करोड (नेरु १० अर्ब ६१ करोड) कमाएका छन् ।
बिग बुल नामले प्रख्यात झुनझुनवालाले भारतसरकारको वर्ष २०२१ को बजेटपछि शेयरबाट अत्यधीक रकम पाउन सफल भएका हुन् ।
झुनझुनवालाको १२.८४ प्रतिशत सेयर रहेको नागार्जुन कन्स्ट्रक्सन कम्पनीको बजेट पछि र ५७ प्रतिशतसम्म उछाल आएको छ ।
त्यस्तै, बजेटपछि झुनझुनवालाको शेयर रहेको भारतको बीएसई सेन्सेक्ट र एनसीई निफ्टीमा ११ प्रतिशतको उछाल आएको छ ।
त्यस्तै, बजेट पछि टाटा मोटर्समा ४ करोड कित्ता शेयर रहेको झुनझुनवालाले छ यस कम्पनीको सेयरबाट मात्रै भारु २६० करोड बराबरको रिटर्न पाएका छन् । त्यस्तै, उनको फेडरल बैंकको सेयर ५१.२३ करोडले बढेको छ।
प्रतिक्रिया