आज ओली समुहको बुटलमा प्रदेशस्तरीय बृहत् सभा, सम्बोधन क-कस्ले गर्ने ?

५ बर्ष अगाडि

काठमाडौं - नेकपा तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले आज ‘लुम्बिनी प्रदेशस्तरीय बृहत् सभा’ गर्दैछ । सभा बुटवलस्थित् सिद्देश्वरी मैदानमा हुन लागेको हो ।

सभामा ओली समूहका अध्यक्ष प्रधानमन्त्री ओलीलगाएत अर्थमन्त्री विष्णु पौडेल, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझी र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले सम्बोधन गर्ने बताइएको छ ।

यसअघि ओली समहले बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते काठमाडौंस्थित नारायणहिटी दरबार संग्राहलय अगाडि सभा गरेको थियो । 

राजमार्ग चौराह, गोलपार्क, पश्चिम बुटवल लगायतका बिभिन्न स्थानबाट बिहान ११ बजे सुरु हुने जुलुश मिलनचौक हुँदै सभास्थलमा कार्यक्रम रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया