भारतीय तस्करद्धारा नेपाली प्रहरीमाथि भाला आक्रमण

५ बर्ष अगाडि

वीरगञ्ज - नेपाली भूमिमा प्रवेश गरेर बलुवा तस्करले नेपालका सुरक्षाकर्मीमाथि भालाले आक्रमण गरेका छन् । पर्सामा बालुवा उत्खनन् गरिरहेका भारतीय बालुवा तस्करले उक्त नेपाली सुरक्षाकर्मीलाई आक्रमण गरेका हुन् ।

गैरकानुनी रुपमा नेपालको बालुवा तस्करी गरेर भारत लैजान खोज्ने तस्करलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको बताइएको छ ।

घरेलु हातहतियारसहित आएका बालुवा तस्करको आक्रमणमा परी दुई जना सशस्त्र प्रहरी गम्भीर घाइते भएका छन् । 

घाइते प्रहरीलाई थप उपचारको लागि काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पठाइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया