प्रचण्ड–नेपाल समुहले भोलि जनयुद्ध दिवस मनाउने

५ बर्ष अगाडि

प्रचण्ड–नेपाल (नेकपा)पक्षले फागुन १ गते जनयुद्ध दिवस मनाउने भएको छ । भोली  सबै जिल्लाहरुमा जनयुद्ध दिवस मनाउनका लागि सर्कुलेसन गरिएको स्रोतले जनाएको हो  ।

पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रको तर्फबाट कार्यक्रम आयोजना गर्ने र  सबै जिल्लाहरुमा शहीद स्मृती तथा सम्मानको कार्यक्रमहरुको आयोजना गर्ने प्रचण्ड–नेपाल पक्षले बताएको छ   ।

तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्धको थालनी गरेको थियो । माओवादी शान्तिप्रक्रियामा आइसकेपश्चात पनि त्यसैको सम्झनामा फागुन १ गते जनयुद्ध दिवस मनाइँदै आएको छ ।

संसद विघटनपछि दुई समूहमा विभाजन भएको नेकपाको अर्को ओली पक्षले भने कुनैपनि कार्यक्रमको आयोजना नगरेको स्रोतले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया