प्रचण्ड–माधव नेकपा पक्षका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
खनाल पत्नी रविलक्ष्मी चित्रकारका साथ नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली गएका हुन् । खनालले नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार गर्नेछन् ।
प्रतिक्रिया