नेप्सेमा स्वाभिमान लघुवित्तको मूल्य समायोजन

५ बर्ष अगाडि

काठमाडौं-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार स्वाभिमान लघुवित्त  वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

 नेप्सेले लघुवित्तको २० प्रतिशत बोनस शेयरको मूल्य समायोजनपछि शेयरमूल्य रू। २ हजार ३३३ तोकेको छ ।

बिहीवार कायम अन्तिम शेयरमूल्य रू। २ हजार ७९९ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले २० प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश (कर समेत)  पारित गर्न फागुन १३ गते  वार्षिक साधारण सभा बस्ने भएको छ ।  

कम्पनीले डार्सिज इन्टरनेशनल होटल, बुटवल, रुपन्देहीमा अपरान्ह ३ बजेका लागि सभा बोलाएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया