आज शुक्रबारबाट महिला लघुवित्त वित्तीय संस्था लिमिटेड सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्देछ ।
लघुवित्तले ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
निष्काशन गरिने कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन्।
उक्त आइपीओमा फागुन ५ गते बुधबारसम्म आवेदन दिन सकिने छ ।
आज सार्वजनिक विदा भए पनि अनलाइनबाट आवेदन दिन मिल्ने भएकोले सिडीएससीले आइपीओ निष्काशनमा असर नपर्ने जनाएको छ ।
नेपालमा सार्वजनिक विदाको दिन विक्रीमा आएको यो पहिलो आइपीओ हो ।
प्रतिक्रिया