झाँक्रीलाई रिहा गर्न काँग्रेसको विज्ञप्ति

५ बर्ष अगाडि

नेपाली काँग्रेसले नेकपा प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । 

काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न नेकपाको दुबै पक्षलाई आग्रह गर्दै अभिव्यक्तिलाई नै राज्य विरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग गराएका छन्। 

‘संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न हामी दुवै थरिलाई आग्रह गर्दछौं । साथै एकपक्षीय रूपमा पूर्वाग्रहपूर्ण ब्यवहार गरेर अभिव्यक्तिलाई नै राज्य विरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग गराउँदछौं’ शर्माको विज्ञप्तिमा भनिएको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया