काठमाडौं - नेपालमा अहिले सम्म करिब १४ सय पत्रकारले कोरोनाविरुद्धको खोप लगाएका छन् । पत्रकारलाई खोप दिन थालेको आज विहीबार पाँचौ दिन सम्म उक्त सङ्ख्याले मात्र खोप लगाएका हुन् ।
सूचना विभागको तथ्यांकमा हाल काठमाडौंमा मात्रै ३२ सय ८२ जनाले परिचय पत्र नवीकरण गराएका पत्रकार छन् । यस्तै नेपाल पत्रकार महासङ्घबाट परिचय पत्र लिने पत्रकारको संख्या पनि करिब ५ हजार रहेको छ ।
तर यस्तो अवस्थामा खोप लगाउने पत्रकारहरूको संख्या भने कम देखिएको छ । हाल काठमाडौंको नयाँबानेश्वरस्थित सिभिल हस्पिटलबाट मात्रै पत्रकारहरूका लागि खोप लगाउने व्यवस्था गरिएको छ ।
तर, शुक्रबार अन्तिम दिन रहेकोले सरकारले १४ हजार पत्रकारलाई खोप लगाउने लक्ष्य पूरा हुने देखिँदैन ।
सरकारले पेसाका आधारमा कोरोना विरुद्धको खोप लगाउने प्राथमिकता निर्धारण गरेको छ । जसअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीले शनिबारसम्म सबैजसो प्रदेशमा खोप लगाइसकेका छन् ।
यस्तै दोस्रो चरण अन्र्तगत आइतबारदखि सरकारले कूटनीतिक नियोगका पदाधिकारी र अग्रपङ्तिमा खटिने पत्रकारलाई खोप लगाउने कार्यक्रम तय गरेको छ । जसमा सरकारले १४ हजार पत्रकारलाई खोप लगाउने लक्ष्य राखेको छ।
तर, शुक्रबार अन्तिम दिन रहेकोले सरकारले १४ हजार पत्रकारलाई खोप लगाउने लक्ष्य पूरा हुने देखिँदैन ।
प्रतिक्रिया