एजेन्सी - ह्वावेका संस्थापक तथा सीईओले ह्वावे 'फाइभ जी' टेक्नोलोजी ट्रान्सफर गर्न इच्छुक रहेको बताएका छन् । ग्लोबल आईसीटी इकोसिस्टमको विकास गर्नको लागि उक्त टेक्नोलोजी ट्रान्सफर गर्न इच्छुक रहेको बताएका हुन् ।
ताइयुआनमा इन्टेलिजेन्ट माइनिङ इनोभेशन प्रयोगशालाको उद्घाटन समारोहमा बोल्दै उनले 'फाइभ जी' प्रविधिलाई ट्रान्सफर गर्न तयार रहेको बताएका छन् ।
विश्वव्यापी रूपमा फाइभ जी को सम्भावित प्रभावको बारेमा चासो देखाउँदै उनले भने, ‘हामी अरूलाई उत्पादन लाइसेन्स दिनमात्र होइन, फाइभ जी प्रविधिलाई ट्रान्सफर गर्न पनि तयार छौं । यसले सोर्स कार्यक्रम र सोर्स कोड देखि लिएर सबै गोप्य हार्डवेयर डिजाइन साथसाथै यसका ज्ञान र चिप डिजाइन समावेश गर्ने छ ।’
साथै उनले ‘खुलानीति’ र आपसी बिकासका लागि व्यापार सहयोगको पनि आह्वान गरेका छन् । खुलानीतिद्वारा समर्थन गरिएको विश्वव्यापी व्यापार सहयोगका लागि उनले आफ्नो दृष्टिकोण व्यक्त गरेका हुन् ।
प्रतिक्रिया