सरकारले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरेकोमा पूर्व प्रधानमन्त्री एवं जनता समाजबादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विरोध गरेका छन् ।
राष्ट्रपति विरुद्ध बोलेकी झाँक्रीलाई सरकारले राज्यविरुद्ध कसुर गरेको अभियोग लगाएर पक्राउ गरेपछि भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत सरकारको विरोध गरेका हुन् ।
पूर्व प्रधानमन्त्री भट्टराईले संविधानको पालना र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि उनीविरुद्ध बोल्न पाउनुपर्ने तर्क गरेका छन् ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिब्यक्तिको स्वतन्त्रता दिएकोले बिचार अभिव्यक्तिकै आधारमा नागरिक पक्राउ गर्नु सरकारको काल आएको संकेत भएको बताएका छन् ।
'ओली सरकारले राष्ट्रपतिवारे विचार अभिव्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ । नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता नै दिन्छ । संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ?', भट्टराईले लेखेका छन् ।

प्रतिक्रिया