महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० गते भोलीबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्देछ ।
लघुवित्तले ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
भोली सार्वजनिक विदा भए पनि मिति परिवर्तन नहुने बताइएको छ ।
सिडीएससीले ञअनलाइनबाट आवेदन दिन मिल्ने भएकोले सार्वजनिक विदा परे पनि आइपीओ निष्काशनमा असर नपर्ने जनाएको हो ।
निष्काशन गरिने कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन्।
सो आईपीओमा छिटोमा फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ।
लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ। यस ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया