'एक घर एक धारा' अभियान अन्तर्गत ५५० घरमा खानेपानी

५ बर्ष अगाडि

गण्डकी प्रदेश सरकारको एक घर एक धारा अभियान साकार बनाउनका लागि  एक घर एक धारा जडान कार्य तीव्र बनाइएको छ । पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिकास्थित वडा नं ४ का १०२ घरमा धारा निर्माण भइरहेको छ ।

यहाँका ५५० घरधुरी रहेकामा ४४८ घरमा यसअघि नै धारा निर्माण भइसकेको र सो निर्माणाधीन धारा आगामी चैतसम्म सम्पन्न हुने वडाध्यक्ष सुमन गुरुङले बताए । उनका अनुसार हालसम्म उक्त सङ्ख्यालाई पुग्ने गरी खानेपानी ट्याङ्की निर्माण, घरघरमा धारा बनाउने काम सम्पन्न भइसकेको छ । यतिबेला घरघरमा मिटर जडान, पाइप विच्छ्याउने कार्य भइरहेको छ । गण्डकी प्रदेश सरकारको रु १७ लाख बजेटमा धारा निर्माण कार्य भइरहेको वडाध्यक्ष गुरुङको भनाइ छ । 

धारा निर्माण भएसँगै उक्त घरपरिवार लाभान्वित हुने भएका छन् । उनले भने, “हाम्रो वडामा खानेपानीको समस्या रहँदै आएको थियो तर यतिबेला नागरिकको घरघरमा खानेपानीसहित धारा जडान कार्य तीव्र बनाएका छौँ, साथै यसअघि नै उक्त घरहरुमा धारा निर्माण भइसकेकाले यस वडामा पानीको समस्या कम हुँदै गएको छ ।

जनप्रतिनिधि चयन भएको लामो समय भए पनि वडाको समस्यालाई पहिचान गरी वडामा एक घर एक धारा अभियान सञ्चालन गरी निर्माण गरेको उनको भनाइ छ । आगामी चैतभित्र औपचारिक उद्घाटन गर्ने वडाध्यक्ष गुरुङको भनाइ छ । सार्वजनिक धारामा पालो कुरेर  पानी भर्नुपर्ने स्थानीयवासीको बाध्यता पूर्णरूपमा वडाका सबै स्थानीयवासीले आगामी चैतबाट मुक्त हुने भएको छ । यस वडामा स्यागे, मिप्रा, गोरसालडाँडा, पुरानो जङ्गत र नासकुचेगाउँ गरी ५५० घरधुरीका स्थानीयवासीको घरघरमा खानेपानी पुग्नेछ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया