काठमाडौं । अध्यक्ष प्रचण्डले गणतन्त्र स्मारकको अवलोकन गरेका छन् ।
गणतान्त्रिक नेपालको स्थापनाका लागि सहादत प्राप्त गर्नुहुने सहीद, बेपत्ता नागरिक तथा अपांगता भएकाहरूको सम्मानमा स्थापना गरिएको गणतन्त्र स्मारकको अध्यक्ष प्रचण्डले अवलोकन गरेका हुन् ।
अध्यक्ष प्रचण्डले उक्त स्मारकको ऐतिहासिक महत्व भएको बताऊनुहुँदै देश र विदेशका पर्यटकहरुलाई नेपाली जनताको संघर्षको स्मरण गराउने किसिमले तयार गर्नु पर्ने धारणा व्यक्त गरे ।
“यो स्मारक मेरा लागि झनै महत्वपूर्ण छ, अध्यक्षले भने – यसले नेपाली जनताको महान संघर्षको इतिहास चित्रण गर्दछ । हामिले हाम्रो बलिदानीपूर्ण इतिहास झल्काउने गरि यसलाई अन्तिम रूप दिनु पर्छ ।” अबलोकनको क्रममा अध्यक्ष प्रचण्डले आफ्नै नेतृत्वको सरकारले नारायणहिटी दरबार परिसरमा गणतन्त्र स्मारक निमार्ण गर्ने निर्णय गरेको स्मरण गरे ।
प्रतिक्रिया