काठमाडौं - आज नेपाल इन्फ्रास्टक्चर बैंकको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । बैंकको २० करोड कित्ता सेयर सूचीकृत भएको हो ।
यसको सेयर कारोबार अब आइतबारबाट हुनेछ । सूचीकरण भएको दोस्रो दिनबाट कारोबार हुने नेप्सेले जनाएको छ ।
नेपालको इतिहासमै सबैभन्दा ठुलो आईपीओ जारी गरेको इन्फ्रास्टक्चरको पुँजी २० अर्ब पुगेको छ । बैंकले ८ अर्बको आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो ।
आवेदन दिएका सबैले ५० कित्ता र केहीले गोलाप्रथाबाट ६० कित्ता सेयर हात पारेका थिए ।
प्रतिक्रिया