गण्डकी प्रदेश सरकारको सहयोगमा मालपोत लाइन, उद्योग वाणिज्य सङ्घदेखि प्रशासन कार्यालयबाट पूर्वाधारको कार्यालय हुँदै रिङरोड क्षेत्रमा कालोपत्र कार्य थालिएको छ ।
कूल बजेट रु ८२ लाख ३० हजार ९३८ रहेकामा रु ६० लाख ७८ हजार ०९० मा ठेक्का सम्झौता गरिएको हो । उक्त निर्माणको देवचुली निर्माण सेवा कावासोतीले जिम्मा पाएको छ । कूल दूरी १.१ किलोमिटर दूरीमा कालोपत्र गर्ने काम भइरहेको पूर्वाधार विकास कार्यालयकी सबइञ्जिनीयर निर्मला बरालले जानकारी दिईन् ।
जेसिआइ धारा निर्माण
व्यासनगर जेसिआइको लगानीमा दमौली अस्पताल जाने चोकमा जेसिआइ धारा निर्माण भइरहेको छ । दमौलीमा सार्वजनिक धारा नहुँदा पैदलयात्रीलाई पानी पिउन समस्या सास्ती खेप्नु परेपछि धारा निर्माण थालिएको हो । जेसिआइ पूर्वयोजनाअनुरुप खानेपानीको धारा निर्माण गरिएको व्यासनगर जेसिआइका अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिनुभयोए ।
शुरुमा रु डेढ÷दुई लाख लाग्ला भन्ने अनुमानसहित निर्माण थालिए पनि अहिले काम गर्दै जाँदा खर्च बढ्न गएको उनले बताए ।
भक्तपुरबाट कलात्मक किसिमको धारा ल्याउँदा मात्रै रु ४५ हजार खर्च भएको छ । धारा निर्माणमा कसैको सहयोग नरहेको र सबै जेसिआइका पदाधिकारीको सहयोगमा निर्माण गर्न लागिएको उनले बताए । दमौली अस्पताल नजिक रहेको सार्वजनिक शौचालय माथि दुई ट्याङ्की राखिएको छ ।
प्रतिक्रिया