काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित रोयल क्यासिनोमा जुवा खेलीरहेको अवस्थामा बेहोश भएका र काठमाडौं महानगरपालिका–२८ पुतली सडक बस्ने सिराह लहान शुखोवन गाउँपालिका–३ का ४० वर्षीय बुद्धिलाल शाहको मोडेल अस्पताल बागबजारमा उपचारको क्रममा मृत्यु भएको छ । बुद्धिलालले हरीशंकर नाम गरेको व्यक्तिको भारतीय भोटर कार्ड, भारतीय राजदुताबासको एम्बेसी कार्ड र आधार कार्ड प्रयोग गरी क्यासिनोमा प्रवेश गरेको पाइएको छ ।
प्रतिक्रिया