काठमाडौं – सरकारले नेपालको ऊर्जा क्षेत्रमा संस्थागत लगानीका लागि स्थापना गरेको जलविद्युत् लगानी तथा विकास कम्पनी कनिका छरे जस्तो गरी सरकारी रकम छर्न उद्यत रहेको पाइएको छ ।
कम्पन िस्थापना भएको ६ वर्ष पूरा भएको छ । तर कम्पनलिे प्रभावकारी रुपमा कुने पनि देखिने काम गर्न सकेको छैन ।
कम्पनीका पहिलो प्रमुख कार्यकारी अधिकृत रहेका दीपक रौनियारले कम्पनीमा केही जग बसाल्ने काम गरेका थिए । त्यसबाहेक उनले पनि कम्पनीमा अरु धेरै केही काम गर्न सकेका थिएनन् ।
पछिल्लो दिनमा कम्पनीले विभिन्न १५ आयोजनामा लगानी गरेको फेहरिस्त सार्वजनिक गर्ने गरेको छ । तर धेरै लगानी लाग्ने आयोजनामा एकाध करोड रुपैयाँ लगानी गरेर त्यसलाई प्रगति ठान्दै कम्पनी बसीरहेको छ ।
कम्पनीको कार्यशैली केवल कनिका छर्ने तिर नै उद्यत रहेको जानकारहरुको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान)ले त जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडलाई निजी क्षेत्रको बैंक तथा वित्तीय संसथा जस्तै सरकारी बैंक मात्रै भएको टिप्प्णी यस अघि नै गरिसकेको छ ।
कम्पनीले गरेको लगानीका आधारमा हेर्ने हो भने पनि उसको लगानी केवल कनिाका छर्ने र आफ्नो सहभागिता रहेको छ भन्ने देखाउने बाहेक अरु केही पनि हुन सकेको छैन ।
कम्पनीले ५ सय ७८ मेगावाट क्षमताका १५ आयोजना बनाउन आवश्यक ऋण लगानी गरेको दावी गरेको छ । यस्तै अन्य केही आयोजनामा पनि कम्पनीले ३४ करोड रुपैयाँ लगानी फेहरिस्त सार्वजनिक गर्ने गरेको छ ।
कम्पनीले १५ ओटा जलविद्युत् आयोजनामा ८ अर्ब अर्ब ५० करोड ऋण लगानी गरेको बताउँछ । तर उसले लगानी गरेको मात्रा मात्रै हेर्ने हो भने त्यो लगानी केवल कनिका छर्ने प्रवृत्तिमा सिमित रहेको छ ।
कम्पनीकाअनुसार चालू आर्थिक वर्षमा ४ सय ३६ मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजनामा १ अर्ब २६ करोड रुपैयाँ लगानी गरेको समेत दावी गरेको छ ।
कम्पनीले लगानी गरेको ४२ मेगावाट क्षमताको मिस्म्त्री खोला जलविद्युत् आयोजनाको लागत ५ अर्ब ७८ करोड ४० लाख रहेको छ । तर कम्पनीले सो आयोजनामा ९८ करोड १० लाख मात्रै लगानी गरेको छ ।
यस्तै दोर्दी जलविद्युत् आयोजनाको लागत ४ अर्ब २३ करोड ५० लाख लागत रहेको छ । सो आयोजनाको क्षमता २७ मेगावाट रहेको छ । सो आयोजनामा कम्पनीले मात्रै ५० करोड रुपैयाँ लगानी गरेको छ ।
सोलु जलविद्युत् आयोजनाको कूल लागत ४ अर्ब ९ करोड ९० लाख रहेको छ । तर कम्पनीले मात्रै २० करोड रुपैयाँ लगानी गरेको छ । आयोजनाको क्षमता २३.५ मेगावाट रहेको छ ।
यसैगरी तल्लो सोलु खोला जलविद्युत् आयोजनाको क्षमता ८२ मेगावाट रहेको छ भने लागत १८ अर्ब ३१ करोड ९० लाख रहेको छ । तर कम्पनीले सो आयोजनामा मात्रै ६० करोड लगानी गरेको छ ।
वाग्मती सानो आयोजनाको क्षमता २० मेगावाट रहेको छ । आयोजनाको लागत ३ अर्ब ६० करोड ७० लाख रहेको छ । सो आयोजनामा कम्पनीले मात्रै २० करोड लगानी गरेको छ ।
यस्तै २५ मेगावाट क्षमताको काबेली बी ए आयोजनाको लागत ४ अर्ब रहेको छ । सो आयोजनामा कम्पनीको लगानी २० करोड मात्रै छ ।
तल्लो हेवा खोलामा पनि कम्पनीको लगानी १५ करोड मात्रै छ । सो आयोजनाको लागत ३ अर्ब ७५ करोड ८० लाख रहेको छ । क्षमता भने २१.६ मेगावाट रहेको छ । यस्तै न्यादी हाइड्रोको क्षमता ३० मेगावाट रहेको र लागत भने ५ अर्ब ८६ करोड ६० लाख रहेको छ । तर लगानीको अवस्था हेर्दा कम्पनीले मात्रै ४५ करोड गरेको छ ।
यस्तै सुपर दोर्दीमा समेत कम्पनी सहभागी छ । सो आयोजनाको क्षमता ४९.६ मेगावाट रहेको छ । लागत ८ अर्ब ४३ करोड १० लाख रहेको छ । तर कम्पनलिे म ात्रै ४० करोड लगानी गरेको छ ।
यसैगरी कम्पनीले लगानी गरेको अर्को आयोजना हो सोलुखोला । सो आयोजनाको क्षमता ८६ मेगावाट रहेको छ भने लागत ११ अर्ब ८६ करोड रहेको छ । तर कम्पनलिे मात्रै ९० करोड लगानी गरेको छ ।
यसैगरी लिखु ए मा समेत कम्पनी सहभागी छ । आयोजनाको क्षमता ५१.४ मेगावाट रहेको छ । लागत ९ अर्ब २९ करोड ६० लाख रहेको छ । तर कम्पनीले मात्रै ८० करोड लगानी गरेको छ ।
अपर सोलु खोलामा समेत कम्पनी सहभागी छ । सो आयोजनाको क्षमता १८ मेगावाट रहेको छ । आयोजनाको लागत ९ अर्ब २९ करोड ६० लाख रहेको छ । सो आयोजनामा कम्पनीले मात्रै २० करोड लगानी गरेको छ ।
यसैगरी तल्लो लिखुखोला आयोजनाको क्षमता २८.१ मेगावाट रहेको छ । आयोजनाको लागत ५ अर्ब ५० करोड रहेको छ । तर कम्पनीले मात्रै ८० करोड लगानी गरेको छ ।
यस्तै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनलिे निर्मा०ा गर्न लागेको माथिल्लो त्रिशुली थ्री बीमा समेत कम्पनीले लगानी गरेको छ । आयोजनाको क्षमता ३७ मेगावाट रहेको छ । लागत ८ अर्ब २२ करोड ७० लाख रहेको छ । तर कम्पनीले मात्रै १५ करोड लगानी गरेको छ ।
रमाइलो त के छने विश्व बैंक समूहले लगानी गरेको काबेली ए को लगानी समेत कम्पनीले गरेको दावी गरिएको छ । ३७.६ मेगावाट क्षमताको सो आयोजनाको लागत १० अर्ब ८० करोड ८० लाख रहेको छ । विश्व बैंक समूहले दिएको ऋणलाई समेत कम्पनल्ेि लगानी गरेको दावी गर्दै ४ अर्बको फेहरिस्त दिने गरेको छ ।
यसरी हेर्दा कम्पनीले ५७८ मेगावाट क्षमताका आयोजनामा ८ अर्ब २८ करोड लगानी गरेको देखिन्छ । तर सारमा यी आयोजनामा कम्पनीले गरेको लगानी मात्रै कनिका छराई जस्तो मात्रै देखिन्छ ।
कम्पनीकोकूल पूँजी १० अर्ब रहेको छ । त्यसमा सर्वसाधारणले शेयर वापत गरेको लगानीको हिस्सा २ अर्ब रहेको छ । बाँकी भने सरकारी रकम हो । तत्कालीन ऊर्जा मन्त्री गोकर्ण विस्टले जलविद्युत् क्षेत्रमा लगानीका लागि मात्रै सो कम्पनी स्थापना गरेका थिए ।
कम्पनीको उद्घाटन तत्कालीन पधानमन्त्री झलनाथ खनालले गरेका थिए । हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृतका छवीराज पोखरेल कार्यरत छन् ।
प्रतिक्रिया