एनआरएनएले पूर्वाधारका क्षेत्रमा लगानी गर्न १० अर्बको कोष सञ्‍चालन गर्ने

५ बर्ष अगाडि

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा पूर्वाधार क्षेत्रमा लगानी गर्न १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्‍चालनमा ल्याउने तयारी भएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको हो ।

अर्थ मन्त्रालयमा बसेको बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमति बमोजिम पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार अहिले कम्पनी दर्ताको प्रकृया रहेको र दर्ता भएपछि कम्पनीले छिट्टै कार्य सुरु गर्ने छ । कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत सेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको सेयर हुनेछ । गैरआवासीय नेपालीहरुले लगानीका लागि आइपिओ जारी गरिनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया