शंखमुल क्षेत्रमा तनावग्रस्त

५ बर्ष अगाडि

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि शंखमुल क्षेत्र तनावग्रस्त भएको छ । 

झाँक्रीको निवासमा प्रहरी पुगेको खबर आएलगत्तै  नेकपाका कार्यकर्ताहरू शंखमुलस्थित झाँक्री निवास पुगेर प्रहरीविरुद्ध नाराबाजी गरेका हुन् । नाराबाजी एक घण्टादेखि जारी छ । 

उनीहरूले प्रधानमन्त्री र प्रहरी प्रशासनका विरुद्ध चर्का नाराबाजी गरिरहेका हुन् ।

महानगरीय अपराध महाशाखाले सोधपुछ गर्न भन्दै बोलाएपछि झाँक्री नगएपछि उनलाई पक्राउ गर्न प्रहरी पुर्जिसहित उनको निवासमै पुगेको हो । झाक्रीको पक्षमा समर्थकहरुको भीड लागेपछि प्रहरीले थप शक्ति पठाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया