झाँक्रीको घर पुग्यो प्रहरी, पक्राउ गर्न तयारी

५ बर्ष अगाडि

नेकपा नेता रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने महानगरीय प्रहरी अपराध महाशाखाको टोली शंखमुलस्थित उनको निवासमा पुगेको छ। सोधपुछका लागि बोलाएको प्रहरीकहाँ झाँक्री नपुगेपछि महाशाखाको टोली खटाइएको महाशाखाका एसएसपी दीपक थापाले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध  दिएको अभिव्यक्तिका विषयमा झाँक्रीलाई मुद्दा चलाउन सत्ता पक्षीय नेकपा नेताहरुले प्रहरीमाथि दबाब सिर्जना गरेका छन्।

प्रहरीले सोधपुक्षका लागि भन्दै फोन गरेर बोलाएको झाँक्रीले प्रतिक्रिया दिएकी थिइन्। शिर्ष नेताहरुसँग छलफल गरेर मात्रै जाने तयारी गरिरहेकी  थिइन्। 

५ बर्ष अगाडि

प्रतिक्रिया