‘विप्लव’ सहित चार राजनीतिक दलले औपचारिक मोर्चा घोषणा गर्ने

५ बर्ष अगाडि

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले औपचारिक मोर्चा घोषणा गर्ने भएका छन्।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम गर्दै मोर्चा घोषणा गर्न लागेका हुन्।

चार दलले प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक शक्तिको आड, भरोसा र इसारामा प्रतिनिधि सभा विघटन गरेको आरोप लगाउँदै आएका छन्। 

संयुक्त मोर्चा निर्माणबारे यसअघि नै चार दलले विज्ञप्ति समेत जारी गरिसकेका छन्। चार दलले आज थप संघर्षका कार्यक्रम सर्वजनिक गर्ने जनाएका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया