को सँग रंगेहात समातिएकी थिइन् प्रियंका चोपडा ?

५ बर्ष अगाडि

 बलिउड अभिनेत्री प्रियंका चोपडा को किताब  ‘अनफिनिश्ड’ शार्वजनिक भएसंगै उनको चर्चा बढेको छ । अनफिनिश्ड ९ जनवरी बाट  बजारमा आएको छ । किताबमा उनले आफू किशोर अवस्थामा हुँदाका केही कुरा सेयर गरेकी छिन्।

उनी एकपटक आफ्ना ब्वाइफ्रेण्डसँग कोठामा बसिरहेका बेला रंगेहात समातिएकी थिइन् । पढाइका लागि अमेरिका गएका बेला प्रियंकाकी आन्टीले उनलाई ब्वाइफ्रेण्डसँग रंगेहात समातेकी थिइन् ।

कक्षा १० मा हुँदा उनी विद्यालयकै एक जना केटासँग प्रेममा परिन्। प्रियंकाले किताबमा ती केटाको नाम ‘बब’ भनेर लेखेकी छन्। 

प्रियंकाले बबलाई विद्यालयमै भेटेकी थिइन्। बबले उनलाई घाँटीमा लगाउने सिक्री दिएका थिए। एक अर्काको हात समात्दै हिँड्थे। प्रियंका बबलाई खुब माया गर्थिन्।

‘म सानी आमासँग बस्थे। एक दिन बब र म त्यही घरको सोफामा बसेर टिभी हेर्दै थियौं। बबले मेरो हात समातिरहेका थिए। ठ्याक्कै झ्यालबाट सानीआमा आइरहनुभएको देखेँ,’ प्रियंकाले आफ्नो किताबमा लेखेकी छन्, ‘दिउँसो २ बजेको थियो। उहाँ अरुबेला भन्दा चाँडै घर आउनुभएको थियो। बब घरबाहिर निस्कन पनि मिलेको थिएन। सानीआमालाई देखेर म एकदमै आत्तिएकी थिएँ।’

 ‘किरण सानी आमा घरभित्र पस्नुभयो र सबै कोठा चेक गर्न थाल्नुभयो । म बेडमा बसेकी थिएँ र मेरो हातमा बायोलोजीको किताब थियो । मैले आफूलाई पढिरहेको जस्तो देखाइरहेकी थिएँ । मासी मेरो कोठाको ढोकामा आउनुभयो र भन्नुभयो यसलाई खोल । मैले सोधें के खोल्ने रु आन्टीले भन्नुभयो आफ्नो दराज खोल । म डरले काँपिरहेकी थिएँ किनकि यसअघि मैले सानी आमा लाई यति रिसाएको कहिल्यै देखेकी थिइन् । मैले दराज खोल्नासाथ सब गडबड भयो किनकि त्यहाँ बब थियो ।’

 सानी आमाले त्यसपछि प्रियंकाकी आमालाई भारत फोन गरेर यसबारे बताएकी थिइन् । मिस इन्डियामा सहभागिता जनाइन्। उनी सन् २००० मा 'मिस इन्डिया' घोषित भइन्। यतिमात्र होइन, प्रियंका सन् २००० नोभेम्बर ३० मा १८ वर्षमै उनले मिस वर्ल्डको उपाधि जितिन्।

५ बर्ष अगाडि

प्रतिक्रिया