काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको छ।
काठमाडौँ उपत्यकामा बुधबार थप ६५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मनत्रालयका अनुसार काठमाडौँका ५५, ललितपुरका ४ तथा भक्तपुरका ६ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार बुधबार ११८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ५ सय ४९ पुगेको छ।
मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि निधन भएको छैन।
यसैगरी देशभर हालसम्म ७२ जनाको आईसियुमा तथा १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रतिक्रिया