समाजवाद ल्याउने महान अभियानमा लामबद्ध हुन प्रचण्डको आह्वान

७ बर्ष अगाडि

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १०८औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा देश विदेशमा रहेका  आमा तथा  दिदी, बहिनी सबैमा बधाई तथा शुभकामना दिएका छन् । 


शुभकामना दिँदै प्रचण्डले परिवर्तनका आन्दोलनमा महिलाहरुले खेलेको भूमिकाको उच्च प्रशंशा समेत गरेका छन् । 
विश्वमा भएका आन्दोल तथा नेपालमा भएका विभिन्न कालखण्डमा भएका आन्दोलन, जनआन्दोलन र जनयुद्दमा महिलाको  उच्च योगदान रहेको उनले स्मरण गरेका छन् । 
 आफूहरुको  सपना समाजवाद स्थापना गर्ने रहेको भन्दै प्रचण्डले समाजवाद ल्याउने महान अभियानमा लामबद्ध हुन सम्पूर्ण आमा तथा  दिदीबहिनीहरुसँग आह्वान समेत गरेका छन् । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया