अन्योलमा कांग्रेस केन्द्रीय समिति

७ बर्ष अगाडि

काठमाडौं– नेपाल विद्यार्थी संघको उमेर हदको विषयलाई लिएर विवाद बढेपछि स्थगित भएको कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चित बन्दै गएको छ । 
कांग्रेसभित्रको संस्थापन पक्षले नेविसंघ विधानमा ३२ वर्षे उमेर हद लगाउने बहुमतले निर्णय गरेपछि केन्द्रीय समिति बैठक बस्न सकेको छैन । जसका कारण ५ देखि ९ मंसिरका लागि तय भएको महासमितिसमेत सर्ने सम्भावना बढ्दै गएको छ ।

१६ कात्तिकअघि केन्द्रीय समिति बैठक बस्ने अवस्था नरहेकाले तोकिएकै मितिमा महासमिति हुने सम्भावना घट्दै गएको संस्थापन पक्षकै एक नेताले बताए । 
‘१६ गतेका लागि पार्टीले चियापान कार्यक्रम तोकेको छ, वरिष्ठ नेता रामचन्द्र पौडेल देशबाहिर हुनुहुन्छ, यसबीचमा बैठक हुने सम्भावना छैन,’ ती नेताले भने, ‘२० गतेसम्म बैठक भए त महासमिति तोकिएकै मितिमा होला, नत्र गाह्रो छ, समय नै पुग्दैन ।’ राजधानी दैनिकमा खबर छापिएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया