एसपी विष्ट र इन्सपेक्टर भट्ट बर्खास्त

७ बर्ष अगाडि

काठमाडौं– निर्मला पन्त हत्या प्रकरणका आरोपी कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टको जागिर गएको छ । 
गृह मन्त्रालयले बिहिबार उनीहरुलाई बर्खास्त गर्ने निर्णय गरेको हो । 
 गृहसचिव प्रेमकुमार राईको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टसँग स्पष्टीकरण सोधेको थियो । 
सो अनुसार उनीहरुले बुधबार स्पष्टीकरण बुझाएपछि मन्त्रालयले बर्खास्तीको निर्णय गरेको हो । 

 प्रहरी प्रधान कार्यालयले विष्ट र भट्टले नियतवश प्रमाण नष्ट गरेको भन्दै प्रहरी नियमावली अनुसार बर्खास्तीका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो । 

गत साउन १० गते रोशनी बमको घरमा  गएकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो।      

७ बर्ष अगाडि

प्रतिक्रिया