अर्थमन्त्रीले भने : ‘पैसाको चिन्ता नगर्नुहोस्, तत्काल अस्पताल निर्माण गर्नुहोस्’

५ बर्ष अगाडि

अर्थमन्त्री विष्णु पौडेल लगायतको टोलीले चाँगुनारायण नगरपालिकाको दुवाकोटमा प्रस्तावित वीर अस्पतालको भवन निर्माण स्थलको अवलोकन गरेको छ । मंलगबार बिहान दुवाकोटमा अर्थमन्त्री पौडेल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्य राज्यमन्त्री नवराज रावत, चाँगुनारायणका नगरप्रमुख सोमप्रसाद मिश्र, विभिन्न मन्त्रालयका सचिवहरु,सडक, विद्युत, खानेपानी संस्थान लगायतका प्रतिनिधि समेतको उपस्थित रहेको थियो । 

सो अवसरमा अर्थमन्त्री पौडेलले विद्युत प्राद्यिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पोल विस्तार, तार जडान र ट्रान्सफर्मर राख्ने काम तत्काल गर्न निर्देशन दिएका छन् ।  कति समय लाग्छ तपाईँलाई काम गर्न रु भन्ने अर्थमन्त्रीको प्रश्नमा प्राद्यिकरणका कार्यकारी प्रमुख शाक्यले भने–‘हामी यो आर्थिक वर्षभित्र काम सक्छौ मन्त्री ज्यू ।’

त्यस्तै सडक विभागका प्रतिनिधिलाई समेत अर्थमन्त्री पौडेलले मनोहरा करिडोर हुँदै दुवाकोट आउने सडक र सल्लाघारी हुँदै वीर अस्पतालको भवन निर्माण स्थलसम्म आउने सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । 

पैसाको चिन्ता गर्नुहोस्, जग्गा हामीले प्राप्त गरिसकेका छौं, तत्काल पूर्वाधार निर्माण गर्नुहोस्, अर्थमन्त्री पौडेलले भने ।  स्वास्थ्यमन्त्री त्रिपाठीले वीर अस्पताल दुवाकोटमा बन्नु भक्तपुरबासीको गौरव भएकाले सबैले साथ दिनुपर्ने बताएका छन् । 

स्वास्थ्य राज्यमन्त्री रावतले भने–‘आफु विगतदेखि भक्तपुरमा वीर अस्पताल बनाउने काममा सक्रिय हुँदै आएको र स्वास्थ्यमन्त्रीले समेत जिम्मेवारी दिनु भएको छ ।’ नगर प्रमुख मिश्रले विभिन्न निकायबीच समन्यवको अभाव हुदाँ कामको थलानी हुन नसकेको बताए । 

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २, ३ र ४ करिब ५ सय ७० रोपनी क्षेत्रफलमा वीर अस्पतालको भवन बनाउने तयारी भए पनि डीपीआर समेत तयार हुन् सकिरहेको छैन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया