काठमाडौं– भ्रष्टाचार मुद्दाका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले १८ वर्षपछि पक्राउ गरेको छ ।
ब्यूरोले ललितपुरको धापाखेल–९ का ४९ वर्षीय रामकुमार खड्कालाई बिहिबार पक्राउ गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकका तत्कालिन कर्मचारी खड्कालाई नियम विपरित एलसी खोलेको आरोपमा पुनरावेदन अदालतले २०५७ कात्तिक २१ गते १ करोड २३ लाख ५३ हजार ८८० रुपैयाँ ३६ पैसा जरिवानाका साथै १ वर्ष कैदको फैसला गरेको थियो ।
फैसला कार्यान्वयनको क्रममा उनको खोजतलास गर्ने क्रममा बिहिबार खड्कालाई धापाखेलबाट नियन्त्रणमा लिइएकोमा आजै काठमाडौं जिल्ला अदालतको आदेशमा कैद भुक्तानका लागि डिल्लीबजार कारागार पठाइएको ब्यूरोले जनाएको छ ।
ब्यूरोका अनुसार सोही मुद्धाका अर्का फरार अभियुक्त राम कुमार अग्रवालको दिपक ट्रेड कन्नसर्नसँग खड्काको नामबाट राष्ट्रिय वाणिज्य बैंकमा अमेरिकी डलर २ लाख १५, हजार ६०० को एलसी खोलिएको थियो
प्रतिक्रिया