बानेश्वरमा 'माटो ब्राण्ड'ले खोल्यो नयाँ फ्रेन्चाइज स्टोर

५ बर्ष अगाडि

माटो ब्राण्डले राजधानीमा नयाँ फ्रेन्चाइज स्टोर खोलेको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन, अर्गानिक खेतीको जोडबल गर्दै कृषि उत्पादन र बजारिकरणमा  लागेको माटो ब्राण्डले  काठमाडौं नयाँ बानेश्वरस्थित सुवर्ण मार्गमा  आफ्नो नयाँ फ्रेन्चाइज स्टोर खोलेको हो । 

मंगलबार एक समारोहको आयोजना गर्दै माटो ब्राण्डको सञ्चालक तथा व्यवस्थापक गोल्यान ग्रुपले उक्त स्टोरको विधिवत उद्घाटन गरेको हो । स्वदेशी उत्पादन, अर्गानिक कृषि उपज नै उपभोक्ताहरुलाई उपलब्ध गराउने उद्देश्यले सो स्थानमा कम्पनीको नयाँ आउटलेट खोलिएको कम्पनीले जनाएको छ । 

आफ्नै फार्मबाट उत्पादित ताजा तरकारी, फलफूल तथा स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु नै माटो ब्राण्डको स्टोरमा उपलब्ध हुने गोल्यान ग्रुपका सहायक व्यवस्थापक चिराग लोहोनीले बताए । यस्तो उत्पादन झापामा रहेको आफ्नै कृषि फार्मबाट उत्पादित तरकारी तथा फलफूल स्टोरसम्म उपलब्ध गराइने र अन्य स्थानीय उत्पादन समेत स्टोरमा उपलब्ध गराइने लोहोनीले बताए ।

हालैमात्र खोलिएको स्टोरमा आफ्नै उत्पादनसहित एक सय ५० आइटम दैनिक उपभोग्य वस्तुहरु उपलब्ध रहेको समेत उनले बताए । ‘आज हामीले नेपाली कृषकहरू र हाम्रा ग्राहकहरू बीचको खाडल पुर्नको लागि हाम्रो अभियानतर्फ एक अर्को कदम चालेका छौं । जहाँ स्थानीय स्रोत, जैविक रूपमा उत्पादन गरिएको ताजा उत्पादन तपाईंको भान्छा सम्म ल्याउँछौ । माटोले स्थानीय सूक्ष्म, साना र मध्यम उद्यमहरूको साथ यसको उत्पादन उच्चतम विश्वव्यापी गुणस्तरको साथ उपभोक्तासम्म पु¥याउन सहयोग गर्दछ’ लोहोनीले भने । 


माटो ब्राण्डगोल्यान एग्रो प्रा।लि। को एक ब्रान्ड हो । जसले स्थानीय उद्यमीलाई यसको ब्रान्ड एम्बेसडरहरू बन्न समेत प्रोत्साहन गर्दछ । हाल माटो ब्राण्डका फ्रेन्चाइज स्टोरहरु ललितपुरको सानेपा र  कुपन्डोल,काठमाडौंको नारायणथान, गोल्फुटार र नयाँ बानेश्वोरमा रहेका छन् भने कम्पनीले छिट्टै ललितपुरको झम्सिखेल, नक्साल, लाजिमपाट र चन्डोलमा समेत खोल्ने तयारी गरेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया