काठमाडौं । अध्ययन र भ्रमणका लागि विदेश जाने नेपालीहरुबाट बाहिरिने रकममा ५९.७ प्रतिशतले कम आएको छ । गत बर्षको तुलना सो बाहिरने रकम २२ अर्ब ३८ कम हो । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको छ ।
कोरोना भाइरस महामारीका कारण अध्ययन र भ्रमणका लागि विदेश जानेहरु रोकिँदा विदेशिनबाट जोगिएको छ ।
समीक्षा अवधिमा भ्रमणका लागि विदेश जाने नेपालीहरुबाट रु.१५ अर्ब ८ करोड बराबरको बाहिरिएको छ । यसमध्ये अध्ययन का लागि विदेश जाने नेपालीहरुबाट रु.१२ अर्ब ६६ करोड रकम बाहिरिएको छ ।
गत वर्षको सोही अवधिमा विदेश जाने नेपालीहरुबाट रु.३७ अर्ब ४६ करोड रकम बाहिरिएको थियो भने अध्ययन का लागि विदेश जाने नेपालीहरुबाट रु.१७ अर्ब ८९ करोड रकम बाहिरिएको थियो ।
यस्तै समीक्षा अवधिमा खुद सेवा आय रु.२५ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.३ अर्ब ७३ करोडले घाटामा रहेको थियो ।
प्रतिक्रिया