कोरोना प्रभाव : विदेशी पर्यटकहरुबाट हुने आम्दानीमा भारीगिरावट

५ बर्ष अगाडि

काठमाडौं-  कोरोना प्रभावले समीक्षा अवधीसम्म आउँदा विदेशी पर्यटकहरुबाट हुने आम्दानीमा भारीगिरावट आएको छ । 

नेपालमा पर्यटनसँग धेरै थोक जोडिएको छ। विमानसेवा, होटल तथा अन्य तमाम आपूर्तिका सञ्जाल यसमा जोडिएका छन्।

पर्यटकलाई घुमाएर प्राप्त हुने सेवाशुल्कबाट गुजारा गर्ने पर्यटक गाइडहरू अहिले कामविहीन छन्।

समीक्षा अवधिमा विदेशी पर्यटकहरुबाट हुने आम्दानीमा ९२.० प्रतिशतले गिरावट आएको छ । विदेशी पर्यटकहरुबाट हुने आम्दानी चालु आर्थिक वर्षको पुसमसान्तमा रु.३ अर्ब ३२ करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा विदेशी पर्यटकहरुबाट हुने आम्दानी रकम रु.४१ अर्ब २९ करोड रहेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया