घट्यो बैदेशिक लगानी, ६ महिनामा कति आयो ?

५ बर्ष अगाडि

काठमाडौं – चालु आवको पहिलो ६ महिनामा प्रत्यक्ष बैदेशिक लगानी ३७ दशमलव २ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको पुस महिनासम्मको प्रतिवेदनले यस्तो देखाएको हो । 
राष्ट्र बैंकका अनुसार यो ६ महिनामा  रु. ७ अर्ब ६६ करोड बैदेशिक लगानी भित्रिएको छ । गत आवको सोही अवधीमा भने रु. १२ अर्ब २० करोड बैदेशिक लगानी भित्रिएको थियो । 
यस्तै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले कमी आई रु.६ अर्ब ८५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.७ अर्ब ४६ करोड रहेको थियो । 
बिशेषगरि कोरोना कहरको प्रभावका कारण बैदेशिक लगानीमा कमी आएको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया