६ महिनामा ब्यापार घाटा ५.८ प्रतिशतले कम

५ बर्ष अगाडि

आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा कुल वस्तु व्यापार घाटा ५.८ प्रतिशतले कम भएको छ । गत साउनदेखि पुस मसान्तसम्म आयात ६.१ प्रतिशतले वृद्धि भई आयात ४.८ प्रतिशतले घट्दा ब्यापार घाटा कम भएको हो । 

छ महिनामा नेपालबाट रु. ६०० अर्ब ४५ करोडको निर्यात हुँदा रु.६६१ अर्ब २५ करोडको आयात भएको छ । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय विवरणमा अनुसार अघिल्लो वर्षको ६ महिनाको अवधिमा नेपालको व्यापार घाटामा ६.१ प्रतिशतले कमी आएको थियो । 

अघिल्लो वर्षको पहलिो छ महिनामा नेपालको निर्यात व्यापार २६.१ प्रतिशतले वृद्धि भएको थियो भने आयात ४.० प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात ९.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो । 

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.४ प्रतिशत र ४.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा ५०.० प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, पश्मिना, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३.५ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १८.५ प्रतिशत र १७.४ प्रतिशतले कमी आएको छ । 
त्यस्तै वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, चाँदी लगायतका वस्तुको आयात घटेको छ । 

निर्याततर्पm सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया