हुने भयो एसिया प्यासिफिक भेजिटेरियन सम्मलेन

७ बर्ष अगाडि

काठमाडौं– आउँदो शनिवार र आइतबार काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको एसिया प्यासिफिक भेजिटेरियन सम्मलेन हुँदैछ ।
 नेपाल शाकाहारी संघ र अन्र्तराष्ट्रिय शाकाहारी संघ (आइभियु) को सहकार्यमा हुन लागेको सो महोत्सव शाकाहारी परिकारहरूको समेत महोत्सवसमेत हुने संस्थाका उपाध्यक्ष कृष्ण गुरूङले जानकारी दिएका छन् । 
विभिन्न तीस देशबाट निम्तालु आउने सो कार्यक्रम नेपालमै पहिलो भएको संस्थाका महासचिव शुरेस शर्माले जानकारी दिए । नेपालभरीका ४ सय बढी प्रतिनिधी सहभागी हुने कार्यक्रममा शाकाहारी जीवनशैलीलाई वैज्ञानिक कसीमा बहस र व्याख्या गरिने बताइएको छ । कार्यक्रम काठमाडौंको महेन्द्र पुलिस क्लबमा हुनेछ । 
मासु र जनावरजन्य उत्पादनले क्यान्सरलगायतका असाध्य रोगमा योगदान गरिरहेको सन्दर्भमा शाकाहारको महत्व जगाउने र यसको प्रवद्र्धन गर्ने कार्य अत्यन्तै आवश्यक भएको रेडियो जकी तथा संघकी सदस्य रिता लिम्बुले बताइन् । 
महोत्सवको उद्घाटन विगत बीस वर्षदेखि शाकाहारी खानपान अपनाउँदै आएकी वालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले गर्ने बताइएको छ ।  कार्यक्रमको प्रायोजन नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, हेल्लो नेपाल, हिमालयन अनटप र जनता बैंकले गरेको हो । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया