पुसमा नेपालमा महंगी घटेको छ । अघिल्लो आर्थिकवर्षको तुलनामा यो वर्ष मूद्रास्फीति ३ दशमलव ६ प्रतिशतले घटेको हो ।
नेपाल राष्ट्रबैंकको तथ्यांक अनुसार गत पुसमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८२ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९९ प्रतिशत रहेको छ ।
तर २०७६ पुसको तुलनामा २०७७ पुसमा घ्यू तथा तेल, फलफूल, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमुहको मूल्य भने बढेको छ । यो वर्ष घ्यू तथा तेल १७.०१ प्रतिशत, फलफूल १६.५८ प्रतिशत, दाल तथा गेडागुडी ११.४८ प्रतिशत र मासु तथा माछा १०.६८ प्रतिशतले मूल्यबृद्धि भएको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.५५ प्रतिशत, तराईमा २.८७ प्रतिशत, पहाडमा ४.७२ प्रतिशत र हिमालमा ३.३८ प्रतिशत मुद्रास्फीति रहेको छ । गतवर्षको पुसमा यी क्षेत्रहरुमा क्रमशः ७.२४ प्रतिशत, ७.४६ प्रतिशत, ५.३९ प्रतिशत र ५.०१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
प्रतिक्रिया