इङ्ल्यान्डविरुद्धको पहिलो टेष्टमा भारतलाई जीतका लागि ४२० रनको लक्ष्य

५ बर्ष अगाडि

भारतले जितका लागि इङ्ल्यान्डविरुद्धको पहिलो टेष्टमा  ४२० रनको लक्ष्य पाएको छ। 

इङल्यान्डले दोस्रो इनिङमा १७८ रन बनाएपछि भारतले जितका लागि ४२० रनको लक्ष्य पाएको हो।

खेलमा भारतका स्पिनर रविचन्द्रन आश्विनले ६१ रन दिएर ६ विकेट लिएका थिए । 

दोस्रो इनिङमा इङ्ल्यान्डका लागि कप्तान जो रुटले सबैभन्दा धेरै ४० रन बनाएका थिए। रुटले पहिलो इनिङमा पनि सबैभन्दा धेरै २१८ रन बनाएका थिए। ओली पोपेले २८, बेसले २५, जोस बट्लरले २४ रन बनाए। डन लरेन्सले १८ र डोम सिबलेले १६ रन बनाए। 

आश्विनले ६ विकेट लिनुबाहेक शाहबाज नादीमले दुई विकेट लिए। इशान्त शर्मा र जसप्रित बुमराहले एकरएक विकेट लिए। 

५ बर्ष अगाडि

प्रतिक्रिया