काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेका छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ७४४ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १९४ जना संक्रमण मुक्त भएका छन् भने हाल २ लाख ६८ हजार २६६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३३३ पिसिआर परीक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २० लाख ९६ हजार ७५० पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा ९२ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १ हजार ७४४ जना रहेका छन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०४५ रहेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया