फिनटेक इन्टरनेसनलले पायो सवारीसाधनमा भाडा भुक्तानी गर्न कार्डको अनुमति

४ बर्ष अगाडि

काठमाडौं - फिनटेक इन्टरनेसनल प्रालिलाले सवारीसाधनको भाडा स्मार्ट कार्ड मार्फत भुक्तानी हुने प्रणाली सञ्चालनमा ल्याउने अनुमति पाएको छ । 

नेपाल राष्ट्र बैंकबाट उपत्यकाभित्रका सार्वजनिक यातायातमा यात्रुले कार्डमार्फत भाडा तिर्न मिल्ने व्यवस्था ल्याउनका लागि कम्पनीले अनुमति पाएको हो । 

यो प्रविधिले हाल सञ्चालनमा रहेको नगदमार्फत भाडा भुक्तानी हुने प्रणालीमा फिर्ता पैसाको समस्या समाधान हुने र कोरोना संक्रमणको सम्भावना पनि घटाउन सहज हुने कम्पनीले जनाएको छ । 

कम्पनीले यो योजना १ फागुनदेखि उपत्यकाभित्रका ७ वटा रुटमा चल्ने बसहरूमा इलेक्ट्रोनिक टिकेटिङ मेसिन जडान गरी कार्डमार्फत बस भाडा भुक्तानी गर्ने प्रणाली सुरु गर्ने जनाएको छ । 

उक्त रुटहरूमा मुख्य ३० स्थानमा यात्रुसेवा तथा सहायता बुथ स्थापना गरी कार्ड वितरण गर्ने, कार्ड रिचार्ज गर्ने तथा ग्राहकलाई सेवा सम्बन्धमा जानकारी गराउने जनाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया