बन्द भएका ११ एयरलाइन्सले प्राधिकरण र विमानस्थललाई ९ करोड बढि तिर्न बाँकी

५ बर्ष अगाडि

काठमाडौं - नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयलाई उडान सेवा बन्द गरिसकेका एयरलाइन्सहरुले तिर्नुपर्ने सेवा शुल्क तथा रोयल्टी ९ करोड बढि बाँकी रहेको छ । 

प्राधिकरणले आज एक सार्वजनिक सूचना जारी गर्दै बन्द भएका एयरलाइन्सका सञ्‍चालकहरुलाई तत्काल बाँकी रकम भुक्तान गर्न भनेको हो । 

आन्तरिक उडानका ११ एयरलाइन्सबाट ९ करोड ६८ लाख रुपैयाँ उठान बाँकी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

सूचना प्रकाशित भएको मितिले ३० दिन भित्रमा रकम र नियमानुसार लाग्ने विलम्ब शुल्क समेत बुझाउन प्राधिकरणले सञ्‍चालकहरुलाई निर्देशक पनि दिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया