प्योर ईभी ब्रान्डको दूत बनिन् अनुष्का

४ बर्ष अगाडि

काठमाडौं - नेपाली बजारमा ह्वाइट लोटस मोटर्स कम्पनीले ‘प्योर ईभी’ ब्रान्डका भारतीय स्कुटर बिक्री सुरु गरेको छ । 

कम्पनीले ‘प्योर इभी’ का स्कुटर नेपाली बजारमा सुरु गरे सँगै यसको बजार प्रवद्र्धनका लागि मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठलाई ब्रान्ड दूत बनाएको छ । 

ह्वाइट लोटस मोटर्सले हालै इप्लुटो ७जी र इन्ट्रास नियो विद्युतीय स्कुटर लञ्च गरेको थियो । यी दुवै स्कुटरमा २ हजार २०० वाटको मोटर र हटाउन मिल्ने ६० भोल्टको ४० एएचको लिथियम–इओन ब्याट्री छ ।

प्रतिघन्टा ६० किमि कुद्न सक्ने स्कुटर एक पटक पूरा चार्ज भए ११६ किमिसम्म गुड्छ । इप्लुटो ७जी र इन्ट्रास नियोको मूल्य क्रमशः २ लाख ४९ हजार र २ लाख २९ हजार रुपैयाँ पर्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया