काठमाडाैं - रेल्वे कम्पनीका महाप्रवन्धक इन्जिनियर गुरु भट्टराईले नयाँपत्रिकाका पत्रकारलाई पाले लगाएर गेटबाटै लखेट्ने चेतावनी दिएका छन् । प्रधनमन्त्री केपी ओलीको गलत प्रचार गरेको र आफूलाई अरु नै पत्रिकाको परिचय दिएर तथ्यांक लिएको भन्दै उनले सूचना माग्न नआउन र आएमा पाले लगाएर गेटबाटै लखेट्ने चेतावनी दिएका हुन् ।
‘नयाँ पत्रीकाको पीत पत्रकारिताको पराकाष्ठा र पत्रकारिता जगतको कलंक हो। एस्ता पत्रकार मेरो कार्यालयमा टेके भने पाले लगाएर गेटबाटै लखेट्छु’, उनले भनेका छन्, ‘सुचनाको अधिकार छ, सुचना चाहिए नेपालमा सुचनाको अधिकार छ, त्यो निकायबाट सुचना मागे हुन्छ। म सँग सिधा प्रश्न र क्यामेर तेर्स्याउने कल्पना नगरे हुन्छ।’
उनले नयाँ पत्रीकाको परिचय दिएर आउने कुनै पत्रकारलाई मैले रेस्पोस नगर्ने समेत बताएका छन् । ‘मेरो मुख सुघ्ने र राज्य अनि नभएको कुरामा सरकार बदनाम गर्ने नियत अनुरुप आफ्नै चिन्तन लेख्ने, कथा कविता निबन्ध सिर्जना गर्ने, ओलिको रिस बिकासमा पोख्ने पत्रकारहरु मेरो छेउमा आउन जरुरी छैन’, उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ।
यस्ताे छ उनले लेखेकाे स्टाटस :
मलाई अरु नै पत्रीकाको नाम लिएर अन्तर्वाता लिने अनी सोही डाटा प्रयोग गरेर पुरै उल्टो समाचार लेखेर धोखाधडी गर्ने नयाँ पत्रीकाका रिपोर्टरहरुले अझै पनि मलाई कल गरिरहेका छन। म प्रष्ट भन्न चाहन्छु( तपाईं हरुले आज सम्म लेखेको मेरो बिषय सँग सम्बन्धित समाचार ९कुबिचार० कि त पुष्टी गर्नु पर्छ, यदी त्यस्तो गर्न सकिदैन भने म सँग कुनै सुचना लिने प्रयास नगर्दा हुन्छ । नयाँ पत्रीकाको पीत पत्रकारिताको पराकाष्ठा र पत्रकारिता जगतको कलंक हो। एस्ता पत्रकार मेरो कार्यालयमा टेके भने पाले लगाएर गेटबाटै लखेट्छु। सुचनाको अधिकार छ, सुचना चाहिए नेपालमा सुचनाको अधिकार छ, त्यो निकायबाट सुचना मागे हुन्छ। म सँग सिधा प्रश्न र क्यामेर तेर्स्याउने कल्पना नगरे हुन्छ। नयाँ पत्रीकामा काम गर्ने इमान्दार पत्रकारहरुको चित्त दुस्खाउन चाहन्न, तर नयाँ पत्रीकाको परिचय दिएर आउने कुनै पत्रकारलाई मैले रेस्पोस गर्दिन, मेरो मुख सुघ्ने र राज्य अनि नभएको कुरामा सरकार बदनाम गर्ने नियत अनुरुप आफ्नै चिन्तन लेख्ने, कथा कविता निबन्ध सिर्जना गर्ने, ओलिको रिस बिकासमा पोख्ने पत्रकारहरु मेरो छेउमा आउन जरुरी छैन। पहिलो नम्बरमा नयाँ पत्रीका हो, अरु थपिदै जालान वा घट्दै जालान म भन्न सक्दैन। कर्मचारी सबै चोर र भ्रष्ट हुन्छन, कमाएको सम्पत्तिमा अपारदर्शी छन, तिनलाई कोट गरेर जे लेखेपनी टाङमुनी पुच्छर लुकाएर हिड्छन, मुखमा थुकिदिएपनी चुपचाप पुछेर हिड्छन भन्ने लागेको छ भने गुरु भट्टराईको मामलामा गलत मान्छे फेला परेछ भन्ने ठान्नु, म सँग पेशागत दलाली वा धम्की वा अराजनीति चल्दैन। बिकासमा नियोजित राजनीति मेरो निम्ती अपराध हो।
गएको जेठ २८ गते मन्त्रिपरिषदको बैठकले भट्टराईलाई रेल्वे कम्पनीको महाप्रबन्धक नियुक्त गरेको हो । उनले पहिला देखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक रूपमै भक्तिगान गर्ने, पार्टीभित्र र बाहिर ओलीका आलोचक, प्रतिपक्षी दलका नेता तथा आलोचनात्मक दृष्टि राख्ने पत्रकारलाई सामाजिक सञ्जालमा गाली र निन्दा गर्ने गरेका थिए ।
प्रधानमन्त्री ओलीसँग असहमत हुने वा उनका आलोचकलाई भने तल्लो स्तरका गाली गर्ने, तथानाम भन्ने, हियाउने र अश्लील तस्बिरसमेत सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका उनले ओलीको गुणगानमा लागेकै कारण नियुक्ति पाएको नेकपा ओली पक्षका नेताहरु समेत बताउँछन् । महोत्तरीको बर्दिबासका भट्टराईले ओलीको प्रशंसामा अनलाइन पोर्टलहरूमा धेरैपटक लेख लेखेका छन्।
उनी माल्दिभ्सका विभिन्न कम्पनीमा काम गरेर नेपाल फर्किएपछि पत्रकारलाई गाली र निन्दा गर्ने गरेका हुन् । सामाजिक सञ्जालमा व्यक्तिहरूको मानमर्दन भयो भनेर त्यसलाई नियन्त्रण गर्न सूचना प्रविधि विधेयक संसदमा दर्ता गराएको सरकारले नै अरुको निन्दा गर्ने व्यक्तिलाई नियुक्त गरेपछि सरकारको चर्को आलोचना समेत सरकारले ल्याएको कानूनमा सामाजिक सञ्जालमा अर्काको गाली–बेइज्जती गर्ने, होच्याउने, हियाउने र अश्लील सामग्री पोस्ट गर्नेलाई कडा कारबाही हुने प्रस्ताव छ । तर भट्टराईले भने कारबाहीको साटो पुरस्कार पाउँदै आएका छन् ।
प्रतिक्रिया