काठमाडौं – स्पेशल प्रि ओपनिङ सेशनमा चन्द्रागिरी हिल्स लिमिटेडको शेयर कारोबार प्रतिकित्ता १६१ रुपैयाँमा भएको छ । गत शुक्रबार नेप्सेमा सुचिकृत भएको उक्त कम्पनीको शेयर कारोबारबार लागि ९६.६० रुपैयाँदेखि २९०.०७ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकिएको थियो ।
आज स्पेशन प्रि ओपनिङमा निर्धारित रेन्जको बीच तिर अर्था्त १६१ रुपैयाँ बाट उक्त कम्पनीको शेयर कारोबार भएको छ । स्पेशल प्रि ओपनिङमा उक्त कम्पनीको २० कित्ता शेयर खरिद बिक्री पनि भएको छ ।
ब्रोकर नम्बर ३२ ले उक्त २० कित्ता शेयर किनेको छ भने ब्रोकर नम्बर ५९ र ३४ ले उक्त शेयर बिक्री गरेका छन् । रकमका आधारमा प्रि ओपनिङमा कम्पनीको ३ हजार २२० रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया